स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्र माघ २६ बाट निष्काशन खुला

Advertisement

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि २४ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ । 

प्रतिइकाई १ हजार रुपियाँ दरमा कुल २ अर्ब ४० करोड बराबरको ऋणपत्र बिक्री गर्न लागेको बिक्री प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ । 

Advertisement

कुल इकाईमध्ये १४ लाख ४० हजार इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने, बाँकी ९ लाख ६० हजार इकाईमध्ये ४८ हजार इकाई सामुहिक लगानी कोषलाई बाँडफाट गरिएको र ९ लाख १२ हजार इकाई सर्वसाधारणका लागि खुला गर्न लागिएको हो । 

उक्त बैंकको ऋणपत्रमा लगानीकर्ताहरुले छिटोमा फागुन १ गतेसम्म र ढिलोमा फागुन ११ गतेसम्म आवेदन दिन पाउने छन् ।  लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख इकाईसम्म आवेदन दिन सक्ने छन् । 

पाँच वर्ष अवधिको ‘१०.३० प्रतिशत स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड ऋणपत्र’ जारी गर्न लागेको हो । 

Advertisement

Advertisement