सनराइज बैंकले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्ने

Advertisement

काठमाडौं । सनराइज बैंक र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता भएको छ । 

उक्त सम्झौतामा बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्राध्यापक भवानीशंकर आचार्यले हस्ताक्षर गरेका छन् । कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविनकुमार नेपाल लगायत त्रिÞविÞविका अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement

सम्झौता अनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एमविएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गरिने छ । 

देशै भरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ । यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्राध्यापक आचार्यले बताए । 


 

Advertisement

Advertisement