पीएलओको आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त

Advertisement

काठमाडौं । पूर्वाञ्चल ल्युब आयल (पीएलओ) लिमिटेडले सर्वसाधारणका लागि पाँच लाख कित्ता शेयर जारी गर्नका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रवन्धक नियुक्त गरेको छ । 

यससम्वन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो । पत्रमा पीएलओका प्रवन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका प्रवन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरे । 

Advertisement

मोरङको सुन्दरहरैंचा– ९ विराटनगरमा रहेको पीएलओले विगत २३ बर्षदेखि लुब्रिकेन्टको उत्पादन र बिक्री गर्दै आएको छ । नेपालभर ९० भन्दा बढी डिलर, पाँच हजारभन्दा बढी खुद्रा व्यापारी तथा दुई लाखभन्दा बढी ग्राहक रहेको पीएलओ स्थापित ब्राण्ड हो । 

कम्पनीले विभिन्न ब्राण्डका आयातित लुब्रिकेन्टलाई प्रतिस्थापन गर्दै नेपालमा स्वदेशी उत्पादनको प्रयोग बढाउन भूमिका खेल्दै आएको छ । 

Advertisement

Advertisement