कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ बाँडफाँट, तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि ६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ८९ हजार ६ सय ४० जनाले १०–१० कित्ताका दरले पाएका छन् ।  

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको वेबसाइट www.nabilinvest.com.np र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट www.kalinchowkdarshan.com.np बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।     

कम्पनीको आईपीओका लागि १४ लाख ३२ हजार ८ सय ८१ जनाको आवेदन परेको थियो । १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले कूल ८ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर आईपीओ निष्काशन खुला गरेको थियो । ५४ हजार कित्ता सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएर बाँकी रहेको ८ लाख ९६ हजार ४ सय कित्ताका लागि सर्बसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । 

यसअघि कम्पनीले १ लाख २० हजार कित्ता आईपीओ आयोजना प्रभावित र  १ लाख ८ हजार कित्ता शेयर विदेशीमा कार्यरत नेपाली श्रमिक बिक्री गरिसकेको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।  

दोलखाको सदरमुकाम चरिकोटबाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा कम्पनीले केवलकार संचालन गर्दै आएको छ । केबलबार सञ्चालनपछि दर्शनार्थीहरुलाई सजिलो भएको छ । 

Advertisement

Advertisement