नेप्से २१ सय अंकबाट तल झर्यो: सत्ता गठबन्धनभित्रको असहज स्थितिको प्रभाव त हैन ?

Advertisement

काठमाडौं । शेयर बजार आज पुनः घटेको छ । निरन्तर ओरालो लागिरहेको बजारमा हिजो झिनो सुधार भएको थियो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २२.१२ अंकले घटेको हो । १.०४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०९४.५४ अंकमा ओलिएको छ । 

Advertisement

आज २५७ कम्पनीको ५८ लाख ९८ हजार ९ सय ३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ६४ लाख १९ हजार १ सय ६१.८८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटेको दिन आज पनि आदर्श लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी ५.८० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज स्ट्याण्डर्ड चार्टर्ड बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १० करोड १३ लाख ९१ हजार २ सय ५२.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

यो साता पाँच दिनमा ४ दिन बजार घट्यो भने १ दिनमात्रै झिनो सुधार देखिएको थियो । गत साताको विहीबार पनि बजार बढेको थियो । 

साताको पहिलो दिन आइतबार बजार १४.६८ अंकले घट्दा ३ अर्ब १ करोड ७९ लाख ६३ हजार ९ सय ५६.४७ रुपियाँ, सोमबार ४१.०१ अंकले बजार घट्दा ३ अर्ब ३० करोड २२ लाख १ हजार ८ सय २५.९३  रुपियाँ, मंगलबार १५.७० अंकले बजार घट्दा २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४ सय ६।६१ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो बुधबार भने बजार ४.९७ अंकले माथि उक्लिंदा १ अर्ब ७६ करोड ७० लाख ५१ हजार ९ सय १६ रुपियाँ बराबरको कारोबार भएको थियो । 

बजारमा यसरी किन निराशा छाएको हो ? कतै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता प्रकरणको असर त हैन ? यही प्रकरणलाई लिएर वर्तमान सत्ता गठबन्धनभित्र उत्पन्न असहज स्थितिको प्रभाव पनि बजार परेको हुन सक्ने जानकारहरुको आंकलन छ । 

Advertisement

Advertisement