दाहाल र ओलीले दुई दिनको समय मागेपछि सरकारबाट बाहिरिनबाट रोक्कियो स्वतन्त्र पार्टी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेपछि सरकारबाट बाहिरिनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रोक्किएको छ । 

सो पार्टीका महामन्त्री मुकुल ढकालले पत्रकारहरुलाई जानकारी दिने क्रममा सत्तारुढ दलहरुबाट आग्रह भएकाले दुई दिनको समय रोक्किने निर्णय गरिएको बताए । यसबीचमा उच्चस्तरीय राजनीतिक संयन्त्रको पनि बैठक बस्ने र उचित निर्णय गर्ने उनले बताए । 

Advertisement

ढकालले बैठक बसिरहँदा दाहाल र ओलीको फोन आएको बताए । उनले राजनीतिक इमान्दारिताका लागि पनि संयन्त्रमा छलफल गरौं भनेर आग्रहका आधारमा कुर्न तयार भएको बताउँदै संयन्त्रबाट सकारात्मक निष्कर्ष आउने अपेक्षा गरिएको बताए । 

स्वतन्त्र पार्टीको भागमा परेको मन्त्रालयमा को मन्त्री हुने भन्ने कुरा पार्टीले निर्णय गर्ने हो भन्दै ढकालले अर्को पार्टीले यसमा दबाब दिन नमिल्ने बताए । उनले सबैमा राजनीतिक इमान्दारिता हुनुपर्ने बताए । 

Advertisement