‘राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति कांग्रेसबाहेक अरु कुनै पनि पार्टीमा छैन्’

कांग्रेस नेताको जिकिर– हामीले सत्ता खोजेर हिंड्नै पर्दैन, सत्ता हामीलाई खोज्दै आउँछ

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति अरु कुनै पनि पार्टीमा नरहेको जिकिर गरेका छन् । । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले आफ्नो पार्टीमा मात्रै त्यस्तो व्यक्ति रहेको दावी गरेका हुन् । 

राष्ट्रपतिमा आफ्नो पार्टीलाई स्वीकार्य बनाउन काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको बताउँदै कार्कीले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा आफ्नो पार्टीको उम्मेदवारमा राष्ट्रिय सहमती हुन्छ भनेर बालहठ देखाएको तर्क गरे । 

Advertisement

ओलीको बालहठले मुलुकलाई अघि बढाउन नसक्ने उनको तर्क छ । उनले भने, ‘राष्ट्रपति मैले खडा गरेको व्यक्तिलाई मात्रै भोट दियो भने राष्ट्रिय सहमती हुन्छ भन्नु त्यो बालहठ हो । र, त्यो बालहठले मुलुक अगाडि बढन सक्दैन । राष्ट्रपतिको संस्थाको नेतृत्व सर्वस्वीकार्य व्यक्तिले गर्नुपर्छ ।  त्यो व्यक्तित्व नेपाली काँग्रेस भित्र नै छ । त्यही कारण हामीले प्रतिनिधिसभामा पुष्पकमल दाहाललाई विश्वासको मत दिएका हौं ।’ 

काँग्रेस नेता कार्कीले सत्ताका लागि आफ्नो पार्टीले मरिहत्ते गर्नुपर्ने अवस्था नरहेको बताए । काँग्रेसले सत्ता खोजेर नहिँडने तर त्यो आफैं आउने कार्कीको बुझाई छ । 

Advertisement

Advertisement