एयरपोर्ट होटल  ‘साउथ एसियन ट्राभल अवार्ड’बाट पुरस्कृत

Advertisement

काठमाडौं । सिनामंगलस्थित एयरपोर्ट होट ‘साउथ एसियन ट्राभल अवार्ड’ (साटा) अन्तर्गतको ‘लिडिङ एयरपोर्ट होटल’ बाट पुरस्कृत भएको छ । 

साटा बर्सेनी प्रदान गरिने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरका प्रमुख आतिथ्य तथा पर्यटन निकायहरुबाट अनुमोदिन पुरस्कार भएको होटलले जनाएको छ । 

Advertisement

माल्दिभ्समा हालै सम्पन्न विशेष कार्यक्रममा सो पुरस्कार १० विधाका ३७ शीर्षकहरुमा घोषणा भएको जनाइएको छ । १२ वर्ष अघिदेखि सञ्चालनमा आएको एयरपोर्ट होटल अन्तर्राष्ट्रिय विमानस्थल अगाडि स्थापित सुविधा सम्पन्न होटल हो । 

आफूहरुकोमा स्तरीय खाने बस्ने सुविधाका अतिरिक्त मनोरञ्जन, सभा सम्मेलनको उच्च स्तरीय सेवा प्रदान गर्दै आएको सो होटलले जनाएको छ । नेपालको पहिलो रिभोल्भिङ रेस्टुरेन्ट र नेपाली रैथाने खाना पस्कने थलोको रुपमा पनि उक्त यो होटल चिनिन्छ ।

Advertisement

Advertisement