रविको मुद्दामा ओलीको प्रश्न– के अन्याय भएर मुद्दा हालेको हो ? फैसलाले कसलाई न्याय भयो ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पक्षका कडारुपमा प्रस्तुत भएका छन् । 

सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि कडा टिप्पणी गर्दै उनले मुद्दा हाल्नेलाई के अन्याय  भएर मुद्दा हालेको हो ? अदालतको फैसलाले कसलाई न्याय भयो ? आफूले बुझ्न नसकेको बताए । 

Advertisement

प्रतिनिधि सभाको आइतबार बैठकमा विशेष समय लिएर बोलेका ओलीले सर्वोच्च अदालतलाई सम्मान गर्ने र त्यसअनुसार यो फैसलालाई पनि मानेर कार्यान्वयन गर्ने बताउँदै तर अदालतको फैसला बदनियतपूर्ण ढंगले आएको, मुलुकको सामाजिक परिस्थितिमा कस्तो असर पर्छ भन्ने कुरा ख्याल नगरिएको बताए । 

रवि लामिछानेको नागरिकताको विषयमा असम्बन्धित व्यक्तिले निवेदन दिएको बताउँदै ओलीले एउटा नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताए । उनले भने, ‘रवि लामिछानेले ढोका खुला देखेर फुत्त पसेको होइन । निर्वाचन आयोगले उम्मेदवार हुन पाउछ भनेर सदर गरेको र चुनाव लड्दा अत्याधिक मतले आफ्नो प्रतिनिधि छानेको हो ।’

Advertisement

सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको भन्दै भन्दै ओलीले ‘त्यतिमा सांसद पद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उपप्रधानमन्त्री गयो । धेरै चिजमा धक्का भयो ।’ उनले प्रश्न गरे ‘न्याय भयो कि भएन ? रविजीलाई न्याय भएन भने कसले पायो न्याय ?’

Advertisement