सुपरमाई हाइड्रोको आईपीओ आजदेखि निष्काशन खुला

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गरेपश्चात् सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)का बिक्री खुला गरेको हो । 

Advertisement

कम्पनीले आफ्नो जारी पुँजी रू ५० करोडको १० प्रतिशतले हुने रू पाँच करोड मूल्य बराबरको कूल पाँच लाख कित्ता साधारण शेयरमध्ये ५० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको र १० हजार कित्ता कर्मचारीलाई छुट्याइ सकेको छ । साथै बाँकी चार लाख १५ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ४१ हजार ५ सय जनाले १०-१० कित्ताका दरले पाउने छन् । आईपीओ १४–१५ लाखको आवेदन पर्ने भएकाले उक्त कम्पनीको आईपीओ १० कित्तामात्रै भर्दा हुन्छ ।  

Advertisement

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ । इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट ‘सी–आस्वा’ प्रणालीमार्फत् र ‘मेरो शेयर’बाट आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर बीबीबी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ ।

कम्पनीले इलामको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकाको सीमा नदी ‘माई खोला’मा सात दशमलव आठ मेगावाट क्षमताको सुपरमाई हाइड्रोपावरको निर्माण गरेकोे छ ।

Advertisement