सडक बत्ति जडान गर्न काठमाडौं महानगरपालिका र विद्युत प्राधिकरणबीच सम्झौता

Advertisement

काठमाडौं । सडक बत्ती जडान गर्न काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता भएको छ । सम्झौतापत्रमा महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापा र प्राधिकरणका कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरे । 

सडक बत्ति जडानका लागि १२ करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । यसरी जडान गर्दा लागेको खर्च ६० प्रतिशत महानगरपालिकाले व्यहोर्ने भने ४० प्रतिशत प्राधिकरणले व्यहोर्ने छ ।

Advertisement

महानगरपालिकाले सडक सुरक्षालाई मध्यनजर गर्दै सडक बत्ति जडान गर्न लागिएको बताउँदै महानगरपालिकाको लगानीमा लैनचौरदेखि महाराजगञ्जसम्म, माइतीघर मण्डलादेखि बागबजारसम्म, बागबजारदेखि शितल निवाससम्म, सिनामंगल अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौशाला हुँदै कमलपोखरीसम्म, चाबहिलदेखि जोरपाटीसम्म तथा प्राधिकरणको लगानीमा सिनामंगल विमानस्थलदेखि तीनकुनेसम्म, बानेश्वर, माइतीघर मण्डला, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै कलंकीसम्म, त्रिपुरेश्वरदेखि लैनचौरसम्म र टुँडिखेल वरिपरिका क्षेत्रमा बत्ति जडान गरिने छ । 

सडक बत्ती जडान भइसकेपछि त्यसको हेरचाह महानगरपालिकाले गर्ने सहमति भएको छ । 

Advertisement

Advertisement