सवा दुई लाखलाई पर्ने मोलुङ हाइड्रोको आईपीओ फागुन ४ बाट निष्काशन खुला

Advertisement

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड फागुन ४ गतेदेखि १० गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ । 

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार १ लाख ३६ हजार ४ सय २५ कित्ता सामूहिक लगानी कोष र ५४ हजार ५ सय ७० कित्ता कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २२ लाख ६४ हजार ६ सय ५५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Advertisement

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ २ लाख २६ हजार ४ सय ६० जनाले १०–१० कित्ता र ५ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।  

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीयहरुका ८ लाख २ हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि २ लाख ७२ हजार ८ सय ५० कित्ता आईपीओ mबिक्री गरिसकेको छ ।

ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement