काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १७ औं तथा १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले सभामार्फत १६.८४ प्रतिशत लाभांश पारित गरेको छ ।
सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ८४ प्रतिशत नगद लाभांश प्रस्ताव सभामा पेश गरेको थियो ।