डाक्टर कुट्ने प्रहरी निलम्बित भइसकेपछि पनि स्वास्थ्य सेवा बन्द, बिरामीहरु पनि विरोधमा

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीको सवारीमा वीर अस्पतालका चिकित्सकलाई प्रहरीले कुटेर घाइते बनाएको भन्दै नेपाल चिकित्सक संघले आइतबार देशभरका अस्पतालहरुमा आकस्किबाहेकका सबै सेवा बन्द गरेर विरोध गरिरहेका छन् । 

वीर अस्पतालका चिकित्सकलाई कुट्ने प्रहरीलाई कारवाहीस्वरुप निलम्बन गरिएको सरकारले नै बनाएको छ । तर पनि नेपाली कांग्रेस पक्षधर चिकित्सकहरु विजयी भएर बनेको नेपाल चिकित्सक संघको कार्यसमितिले आज देशभरका अस्पतालमा आकस्मिकबाहेक अरु सेवा बन्द गर्दा हजारौं बिरामीहरुको बिचल्ली भएको छ । 

Advertisement

चिकित्सक संघको यस विरोधमा कांग्रेसले राजनीति गर्न खोजेको देखिन्छ । तर यसको मार सर्वसाधारण जनता परेका छन् । विरोधका क्रममा आज वीर अस्पतालको बहिरंग सेवा बन्द हुँदा उपचार गर्न आएका सयौं बिरामी समस्यामा परेका हुन् । 

बिरामी र उनका आफन्तहरुले उपचार सेवाको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरे । उनीहरुको प्रदर्शनको कारण केहीबेर यातायात सेवा प्रभावित भएको थियो । प्रहरीले उनीहरुलाई सडकबाट हटाए पनि अस्पताल परिसरमा बसेर आक्रोस पोखिरहेका छन् । 

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच समस्या समाधानका लागि भन्दै वार्ता भइरहेको छ । 

Advertisement

Advertisement