जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर

Advertisement

काठमाडौं । जयन्ती मेमोरियल ट्रस्ट र कार्डियक सोसाइटी अफ नेपालबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

जयन्ती मेमोरियल ट्रस्टको लक्ष्य बमोजिम मुटु रोगको निराकरण एवम् अनुसन्धानमा सहयोग गर्दै युवा अनुसन्धानकर्ताहरूलाई लक्षित गरी अनुसन्धान पुरस्कार स्थापना गर्दै प्रोत्साहन गर्ने समझदारीपत्रमा उल्लेख छ । 

Advertisement

समझदारी अनुसार जयन्ती मेमोरियल ट्रस्टले रु. १० लाख रुपियाँ उत्तम सोधपत्रको लागि पुरस्कार (बेस्ट् थिसिस् अवोर्ड) को लागि उपलब्ध गराउनेछ ।

प्रतिष्ठानका तर्फबाट अध्यक्ष प्राडा भगवान कोइराला र कार्डियक सोसाइटी अफ नेपालका तर्फबाट डा. विजोय राजवंशीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त अवसरमा प्रतिष्ठानका उपाध्यक्ष सृजना मल्ल राणा, सदस्यहरु सजनी अमात्य, केश्या राज्यलक्ष्मी राणा, सचिव मदनप्रसाद रिमाल र सोसाइटीका तर्फबाट डा. रत्नमणि गजुरेल र मेरिना पोखरेलको उपस्थिति रहेको थियो ।
 

Advertisement

Advertisement