कोका–कोलाले ल्यायो काफलको स्वादमा ‘चार्ज्ड’ नामक इनर्जी ड्रिङ्क्स

Advertisement

काठमाडौं । कोका–कोलाले ‘चार्ज्ड’ नामको नयाँ इलेक्ट्रिफाइड पेय पदार्थ (इनर्जी ड्रिङ्क्स) सार्वजनिक गरेको छ । सोमवार ठमेलस्थित एलओडी क्लबमा कम्पनीले बेरी (काफल)को स्वादमा नयाँ पेय पदार्थ ल्याएको हो । 

कोका–कोलाले बेभरेज पोर्टफोलियोमा नयाँ स्वाद थपिएको बताएको छ । कोका कोला नेपालका निर्देशक आदर्श अवस्थीले ‘चार्ज्ड’ले युवाहरुलाई नयाँ स्वाद दिने बताए । 

Advertisement

चार्ज्ड नेपालभरका किराना पसल लगायत डिपार्टमेन्ट स्टोरहरुमा २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध रहेको छ । यसको मूल्य ५० रुपियाँ कायम गरिएको छ । 

Advertisement

Advertisement