उपभोक्तासँग मनलाग्दी पैसा लिएर ठगी गर्ने त्रिभुवन विमानस्थलका पसलहरु कारवाहीमा

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित नौ वटा पसलहरू कारबाही गर्दै १५ लाख रुपियाँ जरिवाना तिराएको छ । 

उपभोक्तासँग मनोमानी ढंगले रकम असुली गरेको भन्दै विभागले ती पसलहरूलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनलमा रहेका एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, कार्की मल्टिपल ट्रेड एण्ड सप्लायर्स, एबीपी मार्ट, ओम नवदुर्गा इन्टरप्राइजेज, न्यु कन्फेक्सनरी स्टोर, एयरपोर्ट टी कफी एण्ड कन्फेक्सनरी सप, होटल स्वनिङ (कफि एण्ड कन्फेक्सनरी), पीडी इन्टरप्राइजेज र होटल स्वनिङ छन् । 

Advertisement

पसलमा उपभोक्ता खुद्रा मूल्यभन्दा बढी रकम असुल गरी सामान बिक्री गरिरहेका उनीहरूलाई कसूरको मात्रा र गाम्भिर्यताको आधारमा जरिवाना गरिएको भन्दै विभागले ती फर्महरुलाई उपभोक्ता हित संरक्षण प्रतिकूल हुनेगरी कुनै पनि काम कारबाही नगर्नु पनि निर्देशन दिएको बताएको छ । 

Advertisement

Advertisement