काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । आज सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपियाँमा कारोबार भइरहेको छ ।