पर्यटन क्षेत्रमा महिला जनशक्तिको अभाव कम गर्न ११२ जनालाई ट्रेकिङ गाइड तालिम

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपीले महिलाहरूका लागि आयोजना गरिएको ३५ दिने निःशुल्क ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ । 

.नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए)सँगको सहकार्यमा तालिममा २५ जिल्लाबाट ११२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको तालिमको समापनपछि बोर्डमा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण तथा ट्रेकिङ गाईड स्रोत पुस्तिकाको विमोचन गरियो । 

Advertisement

बोर्डका कार्यकारी प्रमुख  डा. धनन्जय रेग्मीले पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न तालिमले सहयोग गर्ने बताए । उनले भने, ‘पर्यटनमा यसैपनि दक्ष जनशक्ति अभाव छ । त्यसमा पनि महिला सहभागिता झनै कम छ । यो अवस्थामा महिलाहरूलाई तालिम दिन सकिए यो दीगो हुन्छ ।’ यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना हुने रेग्मीले बताए । 

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन सैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको जानकारी दिए । 

एनएमएका कार्यकारी निर्देशक रूद्रप्रसाद चापागाईंले तालिमले पर्यटनमा महिला सहभागिता बढाउनुको साथै रोजगारीमा समेत योगदान पुग्ने अपेक्षा गरिएको बताए । 

नेपाल एशोसिएसन अफ राफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष शिव अधिकारीले पनि पर्यटन क्षेत्रमा जनशक्ति अभाव भइरहको र भएको जनशक्ति पनि पलायन भइरहेको अवस्थामा आयोजना गरिएको तालिमले जनशक्ति विकासमा टेवा पुग्ने बताए । 

Advertisement

Advertisement