नायक पल शाहलाई अदालतले दियो पूर्ण सफाई, सोमबार रिहा हुने

Advertisement

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा जेलमा रहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै आइतबार सफाइ दिएको हो ।

Advertisement

शाहका कानुन व्यवसायी कमलमोहन वाग्लेका अनुसार अदालतले सबै अभियोगबाट उनलाई पूर्ण सफाइ दिएकोले सोमबार रिहा हुनेछन् । 

Advertisement

Advertisement