नेशनल लाईफको बीमाशुल्क अब क्यूआरबाट भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सबै शाखा मार्फत फोनपे नेटवर्कमाआवद्ध वित्तीय संस्था ईसेवाको माध्यामबाट डाइनामिक क्यूआर स्क्यान गरी बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको उपस्थितिमा सो सेवाको औपचारिक शुरुवात गरिएको हो । 

Advertisement

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहकहरुले  नगदरहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको  छ ।

Advertisement

Advertisement