माघमा जीवन बीमाशुल्कमा रु. एक अर्ब ३५ करोडले वृद्धि, नयाँ व्यवसाय थपिन सकेन्ः बोहोरा

Advertisement

काठमाडौं । गएको माघ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय एक अर्ब ३५ करोड रुपियाँले बढेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ३८ करोड रुपियाँ कुल बीमाशुल्क आर्जन गरेका उनीहरुले यस पटक ११ अर्ब ७३ करोड रुपियाँ आर्जन गर्न सफल भएका छन् । 

गएको माघमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । उक्त कम्पनीले तीन अर्ब एक करोड रुपियाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । दोस्रोमा एलआईसी नेपालले एक अर्ब ४९ करोड र तेस्रोमा नेशनल लाइफले एक अर्ब २९ करोड रुपियाँ आर्जन गरेको छ ।

Advertisement

नेपाल बीमा प्राधिकरणका तथ्यांकशास्त्री वसन्त बोहोराका अनुसार जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय पाउनेभन्दा पनि पूरानै व्यवसायको बीमाशुल्क दोहोरिँदै आएको छ । उनले भने, ‘जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायको रेसियो हेर्दा अत्यन्त कम छ । अहिले त्यही बीमा विगतमा बीमा गराएका बीमितका रकमहरु मात्रै संकलन भएको अवस्था छ । जीवन बीमाको तथ्यांकले नयाँ बीमा बिक्रीमा केही अभाव भएको संकेत गरेको अवस्था छ ।’

Advertisement

Advertisement