कांग्रेस साँसद गुरुङ भ्रष्टाचारी ठहर, साँसद पद पनि खारेज हुने

Advertisement

काठमाडौं । भ्रष्टाचारसम्वन्धी मुद्दामा नेपाली कांग्रेसका साँसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा उनी दोषी ठहर भएका हुन् ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । उनको सजाय भने फागुन २५ मा सुनाइने जनाइएको छ । 

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ माघ २१ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना ५ लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो । तत्कालिन समयमा गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए । यससँगै गुरुङको साँसद पनि खारेज हुने भएको छ । 

Advertisement

Advertisement