के–फाउन्डेशन ग्लोबलको सहकार्यमा सुनसरीमा एकदिने निःशुल्क पाठेघरको क्यान्सर शिविर

Advertisement

काठमाडौं । के–फाउन्डेशन ग्लोबल इङ्कको सहकार्यमा कल्पले सुनसरीस्थित बाराक्षेत्र नगरपालिकामा एकदिने निःशुल्क सर्भिकल् क्यान्सर (पाठेघरको क्यान्सर) शिविर सम्पन्न भएको छ । 

शिविरमा १४८ महिलामा पाठेघरको क्यान्सरसम्बन्धी चेकजाँच गरेको कल्पका संस्थापक पूजा कोइरालाले बताइन् । चेकअप गर्दा ९ जना महिलामा क्यान्सर, सात जना महिलामा पाठेघरको क्यान्सर र दुई जना महिलामा ब्रेष्ट (छाति) क्यान्सर देखिइएको उनले बताइन् । 

Advertisement

क्यान्सर देखिएका महिलाहरुको थप उपचार गर्न आर्थिक अवस्था निकै कमजोर भएकाले कल्पले अस्पतालहरुसँग सहकार्य गरेर उपचार गरिदिने कोइरालाले बताइन् ।

उनका अनुसार कल्पले के–फाउन्डेसन ग्लोबअलसँगको सहकार्यमा गत फागुन १९ गते भरोल स्वास्थ्य चौकी सुनसरीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियो । लामो समयदेखि महिला स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको कल्पले महिलामा हुने पाठेघरको मुखको क्यान्सर बारे सचेतना र अप्ठ्यारोमा परेकाहरूलाई निःशुल्क स्वास्थ्य शिविर पनि उपलब्ध गराउँदै आएको छ ।

के–फाउन्डेसन ग्लोबलको संस्थापक अध्यक्ष नवनीत कोइराला रहेको र यो अमेरिकाको फ्लोरिडा दर्ता भएको गैरनाफामुखी संगठन भएको पूजा कोइरालाले जानकारी दिइन् । यस संगठनको उद्देश्यले पशु कल्याण, दृष्टि हेरचाह, शिक्षा र विश्वव्यापी विशेषाधिकार प्राप्त बच्चाहरु र परिवारहरुको लागि खेलकुद विकासमा सहयोग पुर्याउनु रहेको उनको भनाई छ । 

Advertisement

Advertisement