सिद्धार्थ र प्रिमियरको एकीकृत कारोबार सुरु, नियामकीय पुँजी जुटाउन सफल

Advertisement

काठमाडौं । मर्जर प्रक्रिया टुंग्याउँदै सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले आज बुधबारदेखि एकीकृत कारोबार सुरु गरेका छन् । दुवै कम्पनी मिलेर सिद्धार्थ प्रिमियर इन्स्योरेस लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु भएको हो । 

प्रिमियरको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपियाँ रहेको छ भने सिद्धार्थको एक अर्ब ३९ करोड रुपियाँ रहेको छ । मर्जरपछि नयाँ कम्पनीको चुक्ता पुँजी दुई अर्ब ७९ करोड रुपियाँ पुगेको छ । नेपाल बीमा प्राधिकरणले आउँदो चैतभित्र निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५० करोड रुपियाँ चुक्ता पुँजी पुर्याउनुपर्ने शर्त राखेको छ । 

Advertisement

सिद्धार्थ र प्रिमियरबीच १ बराबर १ को स्वाप अनुपातमा मर्जरमा जाने सहमति भएको थियो । 

Advertisement

Advertisement