हुण्डाईको नयाँ ग्राण्ड आई१० एनआईओएस नेपाली बजारमा

Advertisement

काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ह्याचब्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्राण्ड आई१० एनआईओएसको फेसलिफ्ट भर्सन भित्राएको छ ।   

हुण्डाई ग्राण्ड आई१० एनआईओएसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।

Advertisement

अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्राण्ड आई१० एनआईओएस कम्पनीले प्रवर्धन गरे जस्तै ‘मोर दी मिरर’ छ । पूर्व मोडलको तुलनामा ह्याचब्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ । 

हुण्डाई ग्राण्ड आई१० एनआईओएस समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएको कम्पनीले जनाएको छ । उक्त गाडीको  
प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।  

Advertisement

Advertisement