चौथो खिजिदेम्बा अल्ट्रा म्याराथनको प्रथम उपाधि सुमन र सुनमायालाई

Advertisement

काठमाडौं । चौंथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् ।

ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि पिके हिमालसम्म ४२ किलोमिटर दूरी पूरा गरे । त्यस्तै, सुनमायाले ४ घण्टा ४१ मिनेटमा सो दूरी पार गरेको परिषदले जानकारी दिएको हो ।

Advertisement

पुरुषतर्फ दोस्रो भोजपुरका तीर्थ तामाङ तेस्रा सोलुखुम्बुका अर्जुन कुलुङ राई र चौथो बैतडीका मोहनदेव जोशी भए भने महिलातर्फ राष्ट्रिय धाविका जुम्लाकी मन्जु रावत दोस्रो, खोटाङकी प्रिया राई तेस्रो र सिन्धुपाल्चोककी नितु तामाङ चौथो भए । 

स्थानीय धावकमा ओखलढुंगाका प्रथम स्थानमा किर्ति राई, दोस्रो स्थानमा रवीन्द्र तामाङ र तेस्रो स्थानमा देवराज सुनुवार भए । त्यस्तै, महिलातर्फ स्थानीय पदमकुमारी सुनुवारले ५ घण्टा ३३ मिनेटमा सो दूरी पारेकी थिइन् । 

विजेताहरूले राष्ट्रिय विधातर्फ क्रमशः ७०, ६०, ५० र २५ हजार नगद प्राप्त गरे भने स्थानीय विधातर्फ क्रमशः २०, १५ र १० हजार नगद प्राप्त गरे । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले उनीहरुलाई पुरस्कृत गरे । म्याराथनमा जम्मा ५८ प्रतिस्पर्धी सहभागी रहेको आयोजकको भनाई छ । 

Advertisement

Advertisement