आफू जले पनि अरुलाई उज्यालो दिँदै आएकी राधा

Advertisement

काठमाडौं । राधा श्रेष्ठ बर्न सर्भाइभल (आगलागी पीडित) हुन् । आगलागीमा परेर पुर्नजन्म पाएकी राधा जब ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा पोलिएर घाइते भएर बाँच्न सफल भईन, त्यसपछि उनको जीवनमा नयाँ मोड सुरु भयो । 

राधाले आफू जस्तै पीडितहरुको सेवा र उपचारका लागि बर्न सर्भाइभल नेपाल नामक संस्था स्थापना गरिन् । उक्त संस्थामा हाल १४ जनाले आश्रए पाइरहेका छन् । बर्न सर्भाइभल नेपालाई जर्मन डाक्टर अन्द्रेस सेतजेले सहयोग गर्दै आएका छन् । संस्थामा आश्रय लिएका पीडित महिलाहरुले विभिन्न रंग र बास्नाका मैनबत्ती बनाउने, पोते उन्ने र आयआर्जन पनि गर्ने गछ्र्रन् ।

Advertisement

विशेषगरी सवारी दुर्घटना, आगलागी, घरेलु हिंसा, रुख तथा भीरबाट खसेर घाइते हुने धेरै मानिसहरुको जीवनयापन निकै कष्टकर हुनेगर्छ । यस्ता घट्नामा बढी महिनाहरु नै पीडित हुने गरेको देखिन्छ । तर उनीहरुलाई राज्यले संरक्षण र सहायता गर्नुपर्नेमा कहिल्यै पनि उसको ध्यान पुगेको हुँदैन् । 

यस्तै उपेक्षित एक महिना हुन् राधा श्रेष्ठ, जसले आफू जलेर पनि अरुलाई उज्यालोका लागि मैनबत्ती उत्पादन गर्दै उनीहरुको घर उज्यालो बनाउन भूमिका खेल्दै आएकी छन् । आगलागी पीडित महिला जसलाई समाजले उपेक्षा गर्छ, उनीहरुलाई जीवनयापनमा सहयोग गर्दै आएकी छन् । 


एघार बर्षअघि स्थापना भएको यस संस्थालाई सरकारले कुनै सहायता नगरे पनि सहयोग जुटाएर आगलागी पीडित महिलाहरुको उपचार र जीवनयापनमा सहयोग गर्दै आएकी छन् । ‘यसरी नै हाम्रो उजुरा चल्दै आएको छ । उत्पादन गरेका वस्तुहरु सबै बिक्री पनि हुँदैन् । संस्थामा आएको सहयोगबाट पालिँदै आएका छौं’, उनले भनिन् । 

सरकारले कुनै सहयोग नगरेकोमा श्रेष्ठको गुनासो छ । २०६२ सालमा आफ्नै घरमा खाना बनाउने क्रममा ग्यास सिलिन्डर लिक भएर आगो लागेर आफूलाई पोलेको सुनाउँदै उनले उक्त घटनामा आमालाई समेत गुमाउनुपरेको बताइन् । 

भावुक हुँदै उनले भनिन्, ‘अस्पतालमा पुग्दा आफूजस्ता आगोले पोलेर आएका थुप्रै राधा थिए । मेरो शरीरको धेरै भाग पोलेको थियो । धेरै पीडा सहनुपर्यो । आमा गुमाउनु पर्यो । तर पनि मैले हिम्मत हारिन ।’ 

श्रेष्ठ २८ वर्षको हुँदा दुर्घटनामा परेकी थिइन् । उक्त घटनापछि आफूलाई परिवार तथा समाजले हेर्नै दृष्टिकोण फरक पाएको आफ्ना लागि अरुले होइन्, आफूले नै गर्नुपर्ने रहेछ भन्ने महशुस भएको उनले बताइन् । मध्यम वर्गीय परिवारमा जन्मेकी श्रेष्ठकी आमाले छोराको आशामा चार छोरी जन्माएकी थिइन् । तीमध्ये उनी माइली हुन् । 

छोरा नपाएका कारण बाबुले आमालाई घरेलु हिंसा गर्दै आएको र अर्को विवाह गरेको उनले सुनाइन् । सानै उमेरदेखि नै पुरुषले महिलाप्रति गर्नै शोषण हेर्दै र भोग्दै हुर्किएकी राधा श्रेष्ठ सोही कुराहरुबाट विरक्त भएर आफूले विवाह नगर्ने निर्णय गरिन् । 

आगोमा पोल्नुअघि उनी होटल व्यवसाय गर्थिन् । तर उक्त दुर्घटनापछि आफू जन्मेको बाटो हिँडडुल गर्न निकै सकस हुने गरेको सुनाइन् । मानिसहरुको हेराई, बोलाई र फरक व्यवहारको सामना गर्दै आएकी श्रेष्ठ बर्न सर्भाइभल नेपाल संस्थापना गरी आफूसँगै अरुलाई पनि बाँच्ने र बचाउने गर्दै आएकी छन् । अहिले उनी खुशी देखिन्छिन् । 

हरेकले आफ्नो लागि आफै लड्नुपर्छ भन्ने मान्यता राख्ने राधा श्रेष्ठ आफ्नो अधिकारप्रति सचेत भइसकेकी छन् । पुरुषसरह महिलाले पनि काम गर्न सक्छन् भन्ने आत्मविश्वास उनीमा पलाइसकेको छ । 

Advertisement

Advertisement