सुनचाँदीको मूल्य घट्यो, कति रुपियाँमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । बिहिबार पनि सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार २ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement