सुजुकीको नयाँ ‘ग्रान्ड भिटारा’ र ‘न्यु ब्रेजा’ बजारमा, हामीले ल्याउने ‘ईभी’ फरक हुन्छः चौधरी

Advertisement

काठमाडौं । सुजुकीले नेपाली बजारलाई लक्षित गर्दै नयाँ ‘ग्रान्ड भिटारा’ र ‘न्यू ब्रेजा’ सार्वजनिक गरेको छ । सुजुकीको नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले शुक्रबार यी मोडेलका गाडीहरु सार्वजनिक गर्यो । 

भारतीय बजारमा केही समयअघि नै आइसकेर राम्रो लोकप्रियता पाइसकेका यी मोडेल पनि नेपालमा राम्रो बिक्री हुने विश्वास सिजी मोटोकर्पका प्रवन्ध निर्देशक करण चौधरीले व्यक्त गरे । एसयुभी सेगमेन्टमा चर्चा कमाएका ‘ग्रान्ड भिटारा’ र ‘न्यू ब्रेजा’ युवाहरुलाई लक्षित गरेर ल्याइएको उनको भनाई छ । 

Advertisement

यी गाडीका लागि एक महिना अघिदेखि प्रि–बुकिङ पनि खुल्ला गरिएको थियो । उक्त कम्पनीका सहायक महाप्रबन्धक करुण शाक्यले ‘ग्रान्ड भिटारा’ र ‘न्यू ब्रेजा’ले नेपाली बजारमा राम्रो लोकप्रियता पाउने आशा व्यक्त गरे । 

नेपाली बजारमा अपग्रेड सहितको न्यू ब्रेजा ल्याउने भएसँगै ग्राहकहरु उत्साहित हुन थालेको कम्पनीले दावी गरेको छ । नयाँ ग्रान्ड भिटारा १.५ लिटर पेट्रोलमा स्मार्ट हाइब्रिड र इन्टेलिजेन्ड हाइब्रिड गरी दुई इन्जिन विकल्पमा उपलब्ध भएका छन् भने १९ सय ९७ सिसी डिस्प्लेसमेन्ट रहेको नयाँ ग्रान्ड भिटारामा २६ सय एमएम ह्विलबेस तथा १७ इन्चको टायर रहेको छ ।

प्रवन्ध निर्देशक करण चौधरीले भने ‘निर्यातमा कठिनाई हुँदा पनि व्यवसायीलाई गाडी ल्याउनैपर्ने बाध्यता हुन्छ । अहिले हामीले धेरैपछि एक ठाउँमा जम्मा भएर गाडी लन्च गर्ने मौका पाएका छौं । बजारमा आयात प्रतिबन्ध लगाए पनि व्यवसायीहरुलाई गाडी आयात गर्नुपर्ने बाध्यता थियो ।’

उनका अनुसार यी गाडी लन्चका लागि केही ढिला भए पनि सुजुकीले अझै एक पाइला अगाडी बढ्ने क्षण प्राप्त गरेको छ । सुजुकीले आजसम्म विद्युतीय सवारी साधन (ईभी) ल्याउन ढिलाई गर्नुको कारण अरुले जस्तो कामचलाउ ईभी नभई पूर्ण कन्सेप्टको ईभी बनाएको र  ग्राहकको सपनालाई साकार बनाउने योजना रहेको चोधरीले बताए । 

कम्पनीले सार्वजनिक गरेको मूल्यअनुसार नयाँ ग्राण्ड भिटारा गाडीहरुको मूल्य ६० लाख ९९ हजारदेखि ८८ लाख २९ हजार रुपियाँसम्म छ भने ब्रेजा स्मार्ट हाईब्रिड गाडीहरुको मूल्य ४१ लाख ९९ हजार रुपियाँदेखि ५६ लाख २९ हजार रुपियाँसम्म तोकिएको छ ।

त्यस्तै, सिजी मोटोकर्पका अध्यक्ष अरुण चौधरीले कठिन समयमा अर्थ व्यवस्था गुज्रिरहेको बेलामा पनि नयाँ गाडी लन्च गर्न सकेको बताए । 

Advertisement

Advertisement