आफूसँग सम्बन्धित मागहरु पूरा गर्न हुँदाहुँदै सचिवालयमा ताला लगाइएकोमा नाट्टाको आपत्ति

Advertisement

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभभल एजेन्ट्स (नाट्टा)ले आफूसँग सम्बन्धित संयुक्त पर्यटन टे«ड यूनियन फोरमले राखेका केही मागहरु पूरा गर्न तयार रहेको बताउँदै तर कार्यालयमा ताला लगाउने काम भएकोमा आलोचना गरेको छ । 

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नाटाले फोरमले केही माग राखी वार्ता गरिरहेकोमा आफूसँग सम्बन्धित मागहरु पूरा गर्न तयार रहेको अवस्थामा प्रशासनिक कााममा अवरोध पुग्नेगरी कार्यालयमा ताला लगाउने काम गलत गलत भएको बताएको हो । 

Advertisement

फोरमको मागहरुसम्वन्धमा नाट्टा सचिवालयमा वार्ता भइरहेको अवस्थामा फोरमका प्रतिनिधिहरु अकस्मात वार्ता छाडी गएको र शुक्रबार नाट्टा सचिवालयमा ताला लगाई प्रशासनिक कार्यमा अवरोध सिर्जना गरेको जनाइएको छ ।   

सन् २०१५ मा गएको भूकम्प र सन् २०२० र २०२१ मा कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन व्यवसायलाई पुर्नजीवन दिन नेपाली पर्यटन व्यवसायीहरुले अथक र धैर्यपूर्ण संघर्ष गरिरहेको परिप्रक्ष्यमा एकातिर श्रमिकका नाममा हुने दबाबपूर्ण गतिविधि र अर्कातर्फ बैंकहरुको चर्को ब्याज दरले पर्यटक व्यवसायीहरु प्रभावित हुने पुगेको यथार्थमा नाट्टा गम्भीर रहेको नाट्टाका अध्यक्ष रमेश थापाले बताए ।

नाट्टाले नेपालको पर्यटन प्रवर्द्धनका लागि क्रमबद्ध गतिविधि गरिहेको र निकट भविष्यमा चाइना सेल्स मिशन, अन्तर्राष्ट्रिय बुद्धिष्ट सर्किट सेल्स मिशन जस्ता कार्यक्रमका लागि दिन रात काम गरिरहेको समयमा तालाबन्दी गरिनु गम्भीर विषय भएको बताएको छ । 

Advertisement

Advertisement