यूएईलाई हराउँदै एक दिवसीय मान्यता जोगाउन नेपाल सफल, विश्वकप छनोटमा समेत पर्नसक्ने

Advertisement

काठमाडौं । संयुक्त अरब इमिरेष्र्ट (यूएई)लाई हराउँदै एक दिवसीय मान्यता जोगाउन नेपाली टिम सफल भएको छ । आइतबार भएको खेलमा नेपालले यूएईमाथि १७७ रनको जित हासिल गरेको हो । 

कीर्तिपुरस्थित खेल मैदानमा भएको आजको खेलले नेपाल विश्वकप छनोटमा पुग्ने संभावना बढेको छ । आईसीसी विश्वकप क्रिकेट लिग टू का बाँकी दुई खेल जिते त्यो संभावना साकार हुनेछ । साथै, सात राष्ट्र सहभागी लिग टू मा नेपाल चौथो स्थान पक्का गरेको छ । 

Advertisement

गर या मरको स्थितिमा रहेका नेपाल र यूएईबीचको आजको खेल निकै प्रतिस्पर्धी रह्यो । टस जितेर पहिला बलिङ गरेको नेपाल सुरुवात राम्रो नभए पनि क्रमसः स्थिति सुधार गर्दै २४८ रनको योगफल बनाएको थियो । यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भएर नेपाल १७७ रनले विजयी हुन सफल भयो । 

आज ललित राजवंशीले ७.५ ओभरमा २ मेडन राख्दै ५ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा ३ मेडन राख्दै ६ रन खर्चेर १ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र गुल्शन झाले १–१ विकेट लिए ।

कप्तान रोहित पौडेलले ७७ रन बनाए । उनले ११२ बल खेल्दा ९ चौका हाने । आरिफ शेखले ४३ र गुलशन झाले ३७ रन जोडे । दीपेन्द्रले ३४ र भीम सार्कीले २९ रन जोडे । ओपनर आसिफ शेख खाता नखोली आउट भए भने कुशल भुर्तेलले ८ रन र कुशल मल्लले ९ रन बनाए । रोहितले २२ रनमै ३ विकेट गुमाए । भीमले ३७ बल खेल्दै ४ चौका मद्दतमा २९ रन बनाए । 

सन्दीप लामिछाने २ रनमा आउट भए भने दीपेन्द्रले १९ बल खेल्दै ३ चौका र २ छक्का मद्दतमा ३४ रन बनाए । सोमपाल कामी अन्तिममा २ रनमा आउट भए ।

Advertisement

Advertisement