शिक्षा क्षेत्रका सर्बै समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागिरहेका छौंः प्रम दाहाल

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य भइरहेको बताएका छन् । पद्योदय विद्यालयको हिरक जयन्तीमा सोमबार उनले शिक्षा क्षेत्रका सम्पूर्ण समस्याहरु एकमुष्टरुपमा सम्बोधन गर्न लागेको पनि दावी गरे । 

उनले सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व रहेको बताए । दाहालले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी आधुनिक विज्ञान, प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीति र सामाजिक व्यवस्थाअनुरुपका पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक रहेको उल्लेख गरे । 

Advertisement

दाहालले प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिष्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताए । यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग र सहकार्य आवश्यक रहेको उनले बताए । 

प्रधानमन्त्री दाहालले भने, ‘प्राविधिक शिक्षालाई जोड दिँदै विश्वबजारमा प्रतिष्पर्धा गर्न योग्य जनशक्ति तयार पार्न विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिवार्य विषय बनाउँदै उच्च शिक्षा अनुसन्धानमुखी बनाउन आवश्यक छ । यसका निम्ति नीतिगत, कानूनी, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बोद्धिक वर्गको सहयोग र सहकार्य त्यत्तिकै आवश्यक छ । सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रोअघि छ । यसलाई ध्यान दिँदै वर्तमान सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको छ । उक्त ऐन पारित गरी शिक्षा क्षेत्रमा विद्यमान समस्याहरुको प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिवद्ध छ ।’

Advertisement

Advertisement