शेयर बजारमा गिरावट जारीः सवा अर्बको पनि भएन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । 

वाणिज्य बैंकहरुले चैत महिनाबाट ब्याज घटाउने निर्णय गरेको र राष्ट्र बैंकले हिजो प्रकाशित गरेको ७ महिनाको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी रिपोर्टले अर्थतन्त्र सुधारिंदै गएको संकेत गरे पनि त्यसको प्रभाव शेयर बजारमा देखिएको छैन । 

Advertisement

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.६८ अंकले घटेको हो । १.२५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९५१.२१ अंकमा ओर्लिएको छ । 

आज २५६ कम्पनीका ३३ लाख ६९ हजार १ सय ३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५.१६ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि शुुभम् पावर लिमिटेडको शेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो । त्यसैगरी खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी ७.६२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज एनआईसी एशिया बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको ६ करोड २४ लाख ५६ हजार ७ सय ४५.३० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार पनि बजार २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १०.७५ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement