भन्सारका तीन जना अधिकृत भने जोगिन सफल

आइफोन र सामसुङका पार्टस् बोकेका दुई गाडीलाई राजश्वले गर्यो रु. ४९ लाख जरिवाना

Advertisement

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट फागुन ३ गते नियन्त्रणका लिइएका सबै गाडी छोडेको छ ।

नियन्त्रणमा लिइएका आठ वटै गाडीलाई जरिवाना गर्दै छाडिएको हो । यी गाडीमध्ये छ वटा गार्मेन्ट र नक्कली गहना ल्याएको पाइएको विभागले बताएको छ । उनीहरु सामान्य जरिवानापछि छुटे पनि बाँकी दुई गाडी आइफोन र सामसुङ कम्पनीका महँगा मूल्यका मोबाइलका पार्टस् रहेका थिए ।

Advertisement

ती पार्टस्हरु न्यून बिजकीकरण गरी भन्सार जाँचपास गरेको आशंकापछि पक्राउ गरिएको थियो । यी दुई गाडीलाई ४९ लाख जरिवाना गर्दै छाडिएको विभागले जानकारी दिएको छ । यदि यो जरिवाना ५० लाख नाघेको थियो भने जाँचपास गराउने कर्मचारी समेत तानेर मुद्दा लैजानु पर्ने हुन्थ्यो । तर उनीहरुलाई जोगानकै लागि जरिवाना ४९ लाख रुपियाँ मात्रै गरिएको देखिन्छ । 

भन्सारको सन्दर्भ सूचीभन्दा कम मूल्यमा जाँचपास गराउने त्रिवि भन्सारमा कार्यरत उपसचिव तथा प्रमुख भन्सार अधिकृत यमराज पाण्डे, अधिकृत इश्वर थापा र नायब सुब्बा राजन घिमिरेमाथि राजश्व अनुसन्धान विभागले निगरानी गरेको थियो । यी कर्मचारीहरुले आर्थिक प्रलोभनमा परी यथार्थ भन्सार मूल्यांकन नगरी जाँचपास गराउने काम गरेको विभागको आशंका थियो । 

राजस्व अनुसन्धान महानिर्देशकमा नारायण सापकोटा आएसँगै उनले विशेष सूचनाको आधारमा धमाधम भन्सारबाट जाँचपास भइसकेका गाडी नियन्त्रणमा लिइ चेकजाँच गरिरहेका छन् । यस्तै यसरी जाँचपास गरिएको सवारीबाट कैफियत निकाली धमाधम कारबाही समेत गरिरहेको जनाइएको छ । 

Advertisement

Advertisement