‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजनाः तीन दिनमै दुई करोडसम्म पाइने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सजिलै कर्जा दिन ‘मुक्तिनाथ विशिष्ट सहज कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । 

केही समयदेखि बजारमा देखिएको तरलता संकटसंगै ग्राहकहरुले कर्जा पाउन नसकिरहेको अवस्थामा बैंकले यो योजना घोषणा गरेको हो । 

Advertisement

कर्जा आवश्यक परेका कुनै पनि ग्राहकले बैंकको शाखा कार्यालयहरुमा सम्पर्क राख्न आव्हान गरेको छ । यस योजना अन्तर्गत रु. २ करोडसम्मका साना तथा मझौला व्यवसाय कर्जा, कृषी कर्जा, घर कर्जा, अटो तथा हायरपर्चेज कर्जा, शैक्षिक कर्जा, जग्गा खरीद तथा अन्य व्यक्तिगत कर्जा प्रदान गर्नेछ । 

योजना अन्तर्गत कर्जा लिन इच्छुक कर्जाग्राहीहरुलाई सम्पुर्ण आवश्यक कागजातहरु पुरा गरेको ३ कार्य दिन भित्रै सर्वशुलभ व्याजदरमा कर्जा स्वीकृत गरी प्रदान गर्ने बैंकले जनाएको छ ।

Advertisement

Advertisement