दूरसंचार सेवा अवरुद्ध हुने गतिविधि भए सिधै प्रहरीमा खबर गर्नुः टेलिकम

Advertisement

काठामाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा आफ्ना उपकरण र संरचना प्रयोग गरी सेवाग्राहीहरुलाई दूरसंचार सेवा उपलब्ध गराउन कठिनाई सिर्जना भएको बताएको छ । कम्पनीले आफ्नो सेवा ग्राहकलाई सहज रुपमा उपलब्ध गराउने क्रममा विभिन्न उपकरण र संरचनाहरु चुस्तदुरुस्त कायम राख्न नसकिएको गुनासो गरेको हो ।

नेपाल टेलिकमका अनुसार पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका उपकरण र संरचनाहरुमा क्षति पुर्याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढ्न थालेको छ । सोही क्रमभंगताका कारण पनि ग्राहकहरुको सेवा प्रवाहमा पटक पटक समस्या आउन थालेको टेलिकमको दाबी छ । त्यस्ता अवाञ्छित गतिविधिले गर्दा अत्यावश्यक मानिएको दूरसञ्चार सेवा प्रयोगमा सर्वसाधारणहरुलाई बाधा पुगेको टेलिकमको ठहर छ ।

Advertisement

साथै, नेपाल टेलिकमले कुनै स्थानमा आफ्ना सेवा अवरुद्ध हुने गरी अवाञ्छित कार्य गरेको फेला परेमा  नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षा निकायमा खबर गर्न अनुरोध गरेको छ । ग्राहक सेवामा प्रतिबद्ध र  राष्ट्रको सञ्चारको रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउन आफूहरु लागि परेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले प्रेस विज्ञप्तीमार्फत जानकारी दिए । 

Advertisement

Advertisement