टिकेन शेयर बजारको सुधारः नेप्से दोहोरो अंकले घट्दा सवा अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन आएको छ । हिजो झिनो अंकले सुधार देखिएको बजार आज पुनः दोहोरो अंकले घटेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्स) का अनुसार आज बजार १४.४४ अंकले घटेको हो । ०.७४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३८.६२ अंकमा झरेको छ । 

Advertisement

आज २५३ कम्पनीका ३७ लाख १६ हजार ६ सय ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाख ४१ हजार ८ सय ८२.६५ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि यूनिक नेपाल लघुवित्त र शुभम पावरका लगानीकर्ताहरुले क्रमशः ९.९९ र ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी किसान लघुवित्त र बाराही हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ५.९० र ५.२२ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज पनि एनआईसी एशिया बैंककै उच्च कारोबार भएको छ । उक्त कम्पनीको १० करोड ३५ लाख २२ हजार ३३.१० रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

साताको पहिलो दिन आइतबार बजार २६.८० अंकले घट्दा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार ५ सय १०.७५ रुपियाँ, सोमबार २४.६८ अंकले बजार घट्दा १ अर्ब १६ करोड २५ लाख ३ हजार ५ सय १५.१६ रुपियाँ र हिजो मंगलबार १.८५ अंकले बजार बढ्दा १ अर्ब १३ करोड ५९ लाख २५ हजार ३ सय ५७.९१ रुपियाँ  बराबरको कारोबार भएको थियो । 
 
 
   
 

Advertisement

Advertisement