माग पूरा नगरे  जेठ १ बाट बञ्चरेमा फोहोर फाल्न नदिने सरोकार समितिको चेतावनी

Advertisement

काठमाडौं । बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समितिले आगामी जेठ १ गतेदेखि पुनः आन्दोलन गर्ने घोषणा गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं, शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा गत मंगलबार ज्ञापनपत्र बुझाउँदै जेठ १ बाट ल्याण्डफिलसाइट बन्द गर्ने जानकारी गराएको हो । 

Advertisement

प्रभावित क्षेत्रलाई मानव वस्तीरहित क्षेत्र कायम गर्ने वा फोहोरमैला निषेधित गर्ने भन्ने बारे सरकारले आगामी बैशाअ मसान्तभि धारण सार्वजनिक गर्न सरोकार समितिका संयोजक श्रीराम ढुंगानाले माग गरेका छन् । 

सरकार र फोहरमैला बिसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रका नागरिकको स्वच्च वातावरणमा बाँच्न पाउने अधिकार हनन् गरेको र आगामी दिनमा उपत्यकाको समग्र फोहर विसर्जन गरिरहेन प्रयासको विराध समेत गरिएको छ ।  


   
 

Advertisement

Advertisement