अन्तिम खेल हेर्न कीर्तिपुर खेल मैदानमा भीड, प्रधानमन्त्री दाहालसहितका नेता पनि पुगे

Advertisement

काठमाडौं । कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको भीड लागेको छ । 

हजारौं दर्शक क्रिकेट हेर्न पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका दर्जन बढी नेताहरु पनि कीर्तिपुर खेल मैदानमा पुगेका छन् । यूएईविरुद्ध टस हारेपछि नेपालले पहिले बलिङ गरिरहेको छ । यूएईको सुरुको ब्याटिङ आक्रामक भए पनि विस्तारै लय समाउन लागेको छ । 

Advertisement

आजको खेल जितेमा नेपालले एक दिवसीय विश्वकप क्रिकेटमा खेल्न छनोट हुनसक्नेछ । विगत एक महिनाका ११ वटा खेलमध्ये नेपालले १० वटामा जित हासिल गर्दै उत्कृष्टा प्रदर्शन गर्दै आएको छ । 

Advertisement

Advertisement