विराटनगर भन्सारमा हुँदा कारवाहीमा परेका सापकोटालाई राजश्वमा लैजान प्रम कार्यालयको दबाब

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले कारबाही गरेका उपसचिव तारा सापकोटा राजस्व अनुसन्धान विभाग जान लागेका छन् । सापकोटाले विभाग जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लबिङ गरेको पाइएको छ । 

विराटनगर भन्सार कार्यालय प्रमुख सापकोटाले बदनियतपूर्ण तरिकाले प्रज्ञापन पत्र डिलिट गरेपछि कारबाहीमा परेका थिए । उनीविरुद्ध मन्त्रालयले सहसचिवको नेतृत्वमा नै छानविन समिति बनाएको थियो । मन्त्रालयले सापकोटालाई कारबाही गर्न उचित रहेको भन्दै सापकोटाको सरुवा सदर गरेको छ । उनको ठाउँमा विराटनगर भन्सारमा ज्ञानेन्द्र ढकाल गएका छन्।

Advertisement

प्रज्ञापन पत्र डिलिट सम्बन्धमा मन्त्रालयले सय पृष्ठभन्दा लामो प्रतिवेदन नै तयार गरेको छ । तर प्रधानमन्त्री कार्यालयको दबाबमा मन्त्रालयले सरुवा बाहेकका थप कारबाही गर्न नसकेको हो । अहिले प्रधानमन्त्री कार्यालयले उनै सापकोटालाई राजश्व अनुसन्धानम विभागमा ल्याउन दबाब दिएको स्रोतले बतायो । 

राजस्व अनुसन्धान विभाग सरुवा गरिदिन माथिबाट दबाब दिँदै आएका उनले अहिले हाजिरी भने अर्थ मन्त्रालयमा गर्दै आएका छन् । माओवादी केन्द्रसँग निकट रहँदै आएको सापकोटाले अर्थ मन्त्रालयमा नयाँ मन्त्री नआउँदै सचिवलाई आफ्नो सरुवा गर्न माथिबाट दबाब दिने काम गरेका हुन् । 

सुरुवाका लागि सापकोटाले राजश्व अनुसन्धान विभागका महानिर्देशक नारायण सापकोटालाई भेटिसकेका छन् । महानिर्देशक सापकोटाले भने उनलाई ल्याउन चाहेका छैनन । विभागमा राजस्व समूहका दुई जना उपसचिव रहने गरेका छन् । एक जनालाई अन्यत्र सरुवा गरेर सो ठाउँमा सापकोटा जान खोजेका हुन् । 

स्रोतका अनुसार सापकोटा आफू भन्सार कार्यालयमा बस्दा आफूलाई सबैले पेलेको भन्दै गुनासो गर्ने गरेका छन् । एक पटक विभागमा जान पाए विरोधीहरु सबैलाई तह लगाउनसक्ने विश्वास उनीमा देखिन्छ । 

Advertisement

Advertisement