पशुपति क्षेत्र विकास कोषले अघि बढायो हिन्दु विश्वविद्यालय निर्माणको प्रक्रिया

Advertisement

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले हिन्दु विश्वविद्यालय निर्माणको प्रक्रिया अगाडि बढाएको छ । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोषले विश्वविद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययनसहित अवधारणा समितिले प्रक्रिया अगाडि बढाएको जानकारी दियो । 

समितिका संयोजक डा. जगमान गुरुङले चैतभित्रमा अवधारणापत्र तयार पारिसक्ने गरी काम अगाडि बढाउने बताए । २०८० को मंसिरभित्रमा सबै प्रक्रिया पूरा गरेर घोषणा गरिसक्ने गुरुङले जानकारी दिए ।

Advertisement

पर्यटनमन्त्री सुदन किराँतीले फागुन १५ गते मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र वरपर हिन्दु विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणा–पत्र तयार गर्न डा. गुरुङको संयोजकत्वमा प्राडा. रामचन्द्र गौतम, प्रा. चेतोनाथ गौतम, कमल ढकाल सदस्य र घनश्याम खतिवडा सदस्य सचिव रहेको समिति बनाएका थिए । 

Advertisement

Advertisement