बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँटः तपाईँलाई पर्यो कि ? यसरी हेर्नुहोस्

Advertisement

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले फागुन १८ गतेदेखि २३ गतेसम्म निष्काशन खुला गरेको आईपीओ आज बिहान बाँडफाँट भएको छ । 

बिक्री प्रबन्धक मेगा क्यापिटलकै कार्यालयमा आइपीओ बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओ ८ हजार ९५ जनाले १०–१० कित्ताका दरले पाएका छन् । 

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट https://megacapitalmarkets.com/  र मेरोसेयर एकाउन्ट बाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  र कम्पनीको वेबसाइट http://bpwlaghubitta.com.np/  बाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । त्यस्तै, शेयरहब एपबाट पनि आईपीओको नतिजा हेर्न सकिन्छ ।

कम्पनीको आईपीओका लागि १४ लाख ५८ हजार २ सय ७८ जनाले १ करोड ५७ लाख १६ हजार ७ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । एक हजार ५ सय ६ जनाको आवेदन भने रद्द भएको थियो । 

कम्पनीले ८०  हजार ९ सय ५० कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । 

संस्थाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई माघ २२ गतेदेखि फागुन ८  गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । 

कम्पनीले नेपाली श्रमिकलाई ९  हजार ७ सय कित्ता शेयर बिक्री गरेको हो । १५ सय कित्ता कम्पनीका कर्मचारीको लागि र  ४ हजार ८ सय ५० कित्ता सामुहिक लगानी कोषहरुलाई छुट्याइएको छ । 

कम्पनीले कूल ९७ लाख रुपियाँ बराबरको ९७ हजार कित्ता आईपीओ बिक्री गरेको हो । 

Advertisement

Advertisement