काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ६ हजार ६ सय रुपियाँमा कारोबार भइहरेको छ ।