‘प्रिमियम मूल्यमा आईपीओ निकाल्न पाउँ’ भन्दै धितोपत्र बोर्डमा पुग्यो सिटिजन लाइफ

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन (आईपीओ) प्रस्तावसहित नेपाल धितोपत्र बोर्डमा पुगेको छ। कम्पनीले प्रतिकित्ता २९० रुपियाँमा आईपीओ निष्काशन गर्न बोर्डसमक्ष प्रस्ताव गरेको छ ।

नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी वृद्धिको प्रावधान ल्याएसँगै बीमा क्षेत्रमा मर्जरदेखि आईपीओ निष्काशन गर्न कम्पनीहरुलाई बाध्यता सिर्जना भएको छ । पहिलो पटक सर्वसाधारणका लागि शेयर निष्काशन गर्न लागेको सिटिजन लाइफले पुँजी वृद्धि दौडधुप सुरु गरेको हो । 

Advertisement

एक करोड १२ लाख ५० हजार कित्ता बराबरको आईपीओ जारी गर्न लागेको उक्त बीमा कम्पनीले पहिलो बजारबाट तीन अर्ब २६ करोड रुपियाँ उठाउने लक्ष्य लिएको छ । अहिले सिटिजन लाइफको चुक्ता पूँजी दुई अर्ब ६२ करोड ५० लाख रुपियाँ रहेको छ ।

Advertisement

Advertisement