पर्यटनको विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गर्नुपर्ने खाँचो

Advertisement

काठमाडौं । विश्व पर्यटन संगठन एनडब्लुयूटीओ, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तीन दिने ‘वेटर डाटा फर वेटर टुरिजम इन साउथ एशिया एण्ड प्यासिफिक’ क्षेत्रीय कार्यशाला सम्पन्न  भएको छ ।

पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको संख्यात्मक तथा गुणात्मक विकासका लागि तथ्याङ्कको महत्वपूर्ण भूमिका रहने बताइन् । उनले कार्यशालामा भएका छलफल र यसबाट निस्केको निश्कर्षले एशिया तथा प्रशान्त क्षेत्रको पर्यटनलाई नयाँ गति दिने आशा व्यक्त गरिन् । 

Advertisement

संयुुक्त राष्ट्रसंघअन्तर्गतको विश्व पर्यटन सङ्गठनका बाह्य सम्वन्ध निर्देशक बेका जकेलीले कुनै पनि नीतिका लागि तथ्याङ्कको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै पर्यटन विकासको लागि यसको प्रयोग झनै बढि आवश्यक भएको बताए । 

उनले हरेक देशलाई सही विधि, प्रक्रिया, धेरै स्रोतबाट, तथ्याङ्क संकलन गरि त्यसको विश्लेषण गरी स्याटेलाइट अकाउण्ट तयार पार्न आग्रह गरे । 

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कार्यशालामा पर्यटनका विभिन्न आयामहरु गहन छलफल तथा पर्यटन तथ्याङ्कका विषयमा विभिन्न देशहरुका अनुभव आदान प्रदानले पर्यटनको लागि नयाँ दृष्टिकोण तयार हुने बताए । 

तीन दिवसीय कार्यशालामा पर्यटनसंग सम्बन्धित विभिन्न सेसनमा एक दर्जन बढि कार्यपत्र प्रस्तुतिकरण गरिएको बोर्डका निर्देशक मणिराज लामिछानेले जानकारी दिए ।

कार्यशालामा नेपाल, भारत, बगंलादेश, मलेशिया, माल्दिभ्स, इन्डोनेसिया, इरान, फिलिपिन्स, कम्बोडिया, लाओस, कोरिया, थाइल्याण्ड, स्पेन, लगायत ११ देश प्रतिनिधि सहभागी थिए । 

Advertisement