पशुपति मुरारकासहित नौ उद्योगी र खानी विभागले जिते मुद्दा, पर्सिबाट काममा फर्किन्छुः घिमिरे

Advertisement

काठमाडौं । नौ सिमेन्ट उद्योगसहित खानी विभागले मुद्दा जितेका छन् । विशेष अदालत काठमाडौले शुक्रबार फैसला गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुगेको घोषणा गरेको हो ।

आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सिदार्थ मिनरल्स प्रालीका संचालक  पशुपति मुरारकासहित नौ उद्योगीविरुद्ध मुद्दा दायर गरेको थियो । 

Advertisement

सफाई पाउनेमा सर्वोतम सिमेन्ट लिमिटेडका सञ्चालक विष्णु न्यौपाने, मारुति सिमेन्टका सञ्चालक शरद गोयल, अन्नपुर्ण क्वेरिज प्रालीका ऋषि अग्रवाल, उदयपुर मिनरल्स प्रालीका प्रवलजंग पाण्डे, युनाइटेड सिमेन्ट प्रालीका नरेश दुगड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडका निपेश तायाल, कन्चन क्वेरिज प्रालीका भीबहादुर थापा र डोलोमाइट चुनढुङगा उद्योग प्रालीका मानबहादूर श्रेष्ठ रहेका छन् ।

आयोगले एक वर्षअघि विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित १८ जना कर्मचारी र नौ जना उद्योगीलाई एक अर्ब २६ करोड बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो।

आयोगले मुद्दा दायर गरेपछि निजी क्षेत्रका उद्योगीलाई मुद्दा लाग्ने वा नलाग्ने भन्ने विषयमा विवाद समेत भएको थियो । साथै, उद्योगीहरुले खानी उत्खननमा कुनै पनि भ्रष्टाचार नभएको भन्दै अख्तियारको आलोचना पनि गरेका थिए । 

न्यायधीश बलभद्र सापकोटा, रमेश पोखरेल र खुशीप्रसाद थारुको संयुक्त इजलासले उनीहरुलाई शुक्रबार सफाई दिने निर्णय गरेको हो।  यो मुद्दा चुक्ली नभएको मुद्दा भएकोले मुद्दा जितेको महानिर्देशक घिमिरेले बताए। घिमिरेले कर्पोरेट नेपालसँग भने ‘ढिलै भए पनि यो मुद्दामा न्याय पाएका छौं । मेरो कार्याकाल दुई वर्ष बाँकी रहेको छ आइतबारबाट नियमित काममा फर्किन्छु ।’

Advertisement

Advertisement