खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्छ: राष्ट्रपति पौडेल

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । 

विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्षेत्रमा पूर्वाधार बढाउनुपर्ने जिकिर गरे ।   

Advertisement

राष्ट्रपति पौडेलले नेपाली क्रिकेट टोलीले देशको इज्जत र गौरव बढाएको बताए । नेपालमा खेलकुद क्षेत्रमा पूर्वाधारको कमी रहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा पनि क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गरेकामा प्रसन्नता व्यक्त गरे । नेपाली क्रिकेट खेलाडीको प्रदर्शनबाट मनभित्रैबाट आनन्द मिलेको उल्लेख गरे ।  

सो अवसरमा राष्ट्रपति पौडेलले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई दिए । आगामी दिनमा थप सफलताको कामनासमेत गरे ।  
    
    

Advertisement

Advertisement