आफ्नै पूर्वकार्यकर्ताप्रति ओली निर्मम– देशद्रोही दुर्गा प्रसाईंलाई पक्राउ गर्नुपर्दैन् ?

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले मुलुकमा देशद्रोही अभियान चलाईरहँदा पनि सरकार कानमा तेल हालेर बसेको टिप्पणी गरेका छन् । 

नेपाल विद्युत प्राधिकरणभित्र आफ्नो पार्टीनिकट कर्मचारीहरुको कार्यक्रममा शुक्रबार उनले व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई ‘देशद्रोही’को संज्ञा दिए । ओलीले देशदं्रोही गतिविधिलाई सरकारले तत्काल नियन्त्रणमा नलिए जनताले त्यसको प्रतिकार गर्ने चेतावनी थिए । 

Advertisement

उनले साग र साईकल सस्तोमा पाईन्छ भनेर देश नै अर्को देशमा मिसाई दिने अभिव्यक्ति दिनेलाई सरकारले किन नसुनेको ? भन्दै प्रश्न गरे । उनले भने, ‘अहिले त अचम्म लाग्छ– सरकारको नोटिसमा छ कि छैन् ? सरकारले गराएको होकी होइन ? एउटा मान्छे कुद्छ । दुईटा मान्छे कुद्छ । एक हुल मान्छे कुद्छ । केही पेड मान्छेहरु थपडी बजाउन त्यहाँ पठाईन्छ । यो देश सार्वभौमसत्ता सम्पन्न राष्ट्र राख्न भन्दा विदेशीलाई बुझाई दियो भने, सुम्पिदियो भने साग सस्तो पाईन्छ, साईकल सस्तो पाईन्छ । किन यो देश राख्ने भन्छ ? सरकार सुन्छ कि सुन्दैन ?’ 

ओलीले थपे, ‘यो देशको सन्तान भन्न पनि नसुहाउँने, देशद्रोही कुरा गरेर मान्छे हिँडी राख्या छ । सरकारले लगाएको होकि नलगाएको हो ? सरकार सुन्छ कि सुन्दैन ? के यही प्रचार, यही अभियान जनताले प्रतिवाद गर्न नपरोस् । शान्ति, सुव्यवस्था कायम राख्न सरकारले ध्यान देओस् । होइन भने जनताले प्रतिवाद गर्छ । राष्ट्रियताको विरुद्ध, राष्ट्रिय अस्तित्वको विरुद्ध, राष्ट्रको सार्वभौमसत्ताको विरुद्ध कोही चम्किदै हिँडछ भने कुनै ब्यांकका डिफल्टर हुन वा जो सुकै होउन कसैलाई पनि जनताले सहन सक्दैन । लडेर बनाएको देश हो यो । लडेर बचाएको देश हो यो । साग र साईकल सस्तो पाईन्छ रे । यस देशको हावामा सास फेरेर, यस देशको पानी खाएर, यस देशको पानी नसामा बगाएर, यस देशको अन्न खाएर यस देशमा जन्मिएको हुँ भन्ने एउटा मान्छे कसरी बोल्न सक्छ कि यो देश अर्कालाई जिम्मा लगाईदिऊ भनेर । यो क्याम्पियन कसरी लिएर हिँडन सक्छ ? सरकार कानमा तेल हालेर कसरी बसेको छ ? जव यस्तो कुरा हुन सक्छ भने अरु कुरा किन हुन सक्दैन ? मामुली कुरा भईहाल्यो नि । मुलुकको अवस्था दयनीय छ । हामी यसका विरुद्ध लडिरहेका छौं ।’

प्रसाईंले भने ओलीलाई जानकारी गराएर आफूले अभियान चलाएको बताउँदै आएका छन् । 

Advertisement

Advertisement