एक करोड ६१ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा एक करोड ६१ लाख ५५ हजार ५ सय ३३.५४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

एक वाणिज्य बैंकसहित दुई कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैक्रममा सिद्धार्थ बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १२.५० प्रतिशत बोनस बापतको १ करोड ५६ लाख ५५ हजार ५ सय ३३.५४ कित्ता शेयर सूचीकृत भएको हो । 

त्यसैगरी बिन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ५ प्रतिशत बोनस बापतको ५ लाख कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement